श्रीलंका सरकारले बढायो चुनावी सुरक्षा निक्षेप

श्रीलंकामा चुनाव लड्नु राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई महँगो पर्न सक्छ किनभने मन्त्रिपरिषद्ले सुरक्षा निक्षेप बढाउने प्रस्ताव गरेको थियो । 

यसै साता मन्त्रिपरिषद्को बैठकले वर्तमान सामाजिक, आर्थिक र राजनीतिक परिप्रेक्ष्यमा राष्ट्रपति निर्वाचन ऐन, संसदीय निर्वाचन ऐन र प्रदेश परिषद् निर्वाचन ऐनका प्रावधानबमोजिम विद्यमान धरौटी रकमको सीमा अद्यावधिक गर्न उपयुक्त हुने बताएको छ ।

राष्ट्रपति निर्वाचनका लागि मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारको धरौटी श्रीलंकाली रुपैयाँ ७५ हजारबाट बढाएर २६ लाख रुपैयाँ र स्वतन्त्र उम्मेदवारको धरौटी ५० हजार रुपैयाँबाट बढाएर ३१ लाख रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै संसदीय निर्वाचनमा मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारको धरौटी दुई हजारबाट बढाएर ११ हजार र स्वतन्त्र उम्मेदवारको धरौटी दुई हजारबाट बढाएर १६ हजार पुर्‍याइएको छ । धरौटीको रकम बढाउने विषयमा निर्वाचन पर्यवेक्षण समूहले कानुन पारित हुन समय लाग्ने भएकाले आगामी निर्वाचनसम्म कार्यान्वयन नहुने बताए ।





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार ९:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया