logo-img

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
फाइल तस्बिर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त भएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वास मत प्राप्त गरेका हुन् । 

‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेस गर्नुभएको प्रस्तावको पक्षमा ४८ मत र प्रस्तावको विपक्षमा जम्मा २८ मत परेको छ,’ सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा बैठकमा भने, ‘प्रस्तावका पक्षमा ४८ मत परेको र यो प्रदेशमा हाल कायम रहेको कूल सदस्य संख्या ८६ जनाको बहुमत भएकोले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।’ 

लुम्बिनी प्रदेश सभाको अर्को बैठक आउँदो २ वैशाखको दिउँसो १ बजे बस्नेछ ।  





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १६:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया