logo-img

राष्ट्रपति पौडेलले गरे सपनातिर्थ मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा शनिबार बिहान पूजाअर्चना गरेका छन् । 

नयाँ वर्षको अवसरमा पौडेलले श्रीमति सबिता पौडेलसहित काठमाडौंबाट करिब १० किलोमिटर दूरीमा पर्ने उत्तरी भेग टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा आज पूजा अर्चना गरी फूलप्रसाद ग्रहण गरेका हुन् । 

नयाँ वर्ष २०८१ को अवसरमा सपनतीर्थमा परम्परागत जात्रा तथा मेला एक हप्तासम्म लाग्ने गर्दछ । सपना तिर्थ मन्दिर परिसरमा लाग्ने सपन तीर्थ मेलाका लागि ‘सपन तीर्थ पोखरी’ क्षेत्रमा सजावट गरिएको छ । सो मेलामा काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानबाट आजको दिन आउने भक्तजनले पोखरीमा स्नान गर्ने गर्दछन् ।

सपन तिर्थ पोखरीमा स्नान गर्नाले निःसन्तानलाई सन्तान हुने तथा छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहेको छ । 

राष्ट्रपति पौडेल मन्दिर परिसरमा पुग्दा सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोललगायतले पौडेललाई स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेललाई क्षेत्र विकास समितिका पदाधिकारीले मायाको चिनो समेत प्रदान गरेका छन् ।  





  • प्रकाशित मिति : वैशाख १, २०८१ शनिबार १०:४५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया