logo-img

एमालेको सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
फाइल तस्बिर

सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १ बजे बोलाइएको बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, आउँदो १५ वैशाखमा हुने उपचुनाव र समसामयिक राजनीतिक विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही ८ र ९ वैशाखमा गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्दैछ । बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन् । 

परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने एमालेले जनाएको छ ।

यस्तै, एमाले १० वैशाखमा नेकपाको ७५औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारीमा पनि छ ।  





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार ७:२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया