सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति

सत्ता गठबन्धनका दलहरूले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई  मुख्यमन्त्री दिने औपचारिक सहमति गरेकाे छ । सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन हो ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा साे सहमति हाे । बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए ।

अध्यक्ष श्रेष्ठले नाउपाबाट कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन् । उनी धनगढी आजै जाने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ ।





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार ११:२३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया