logo-img

हङकङविरुद्ध नेपालको उत्कृष्ट बलिङ, ११४ रनमै गर्‍यो अलआउट

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को खेलमा हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट ग्राउन्ड वानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १८ ओभरमा झारिएको खेलमा १७.५ ओभरमा १ सय १४ रनमा अलआउट भयो । 

उसका लागि अशुंमन रथले २४ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३४ रन बनाए । यस्तै, जीशान अलीले १४, कप्तान निजाकत खानले १२, एहसान खानले ११ रन जोडे । 

हङकङलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि तीव्र गतिका बलर अविनाश बोहराले उत्कृष्ट बलिङ गरे । उनले आज ४ ओभरमा २९ रन दिएर तीन विकेट लिए । अविनाश जारी प्रतियोगितामा लयमा देखिएका छन् । 

उनले मलेसिया र कतारविरुद्ध एक/एक विकेट लिएका थिए । यस्तै, दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीले दुई÷दुई तथा करण केसीले एक विकेट हात पारे । नेपालले दुई विकेट रनआउटको रूपमा प्राप्त गर्‍यो । 

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरिएको छ । नेपालले विवेककुमार यादवको स्थानमा करण केसीलाई मौका दिएको हो । जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ ।



नेपालले पहिलोमा मलेसियालाई ५ विकेट तथा दोस्रो म्याचमा कतारलाई ३२ रनले हरायो । नेपाल हङकङविरुद्ध पनि सहज जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न चाहन्छ ।



  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया