फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, बनायो नयाँ कीर्तिमान
फाइल तस्बिर

नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज छापावाल सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो ।

योसँगै आज छापावाल प्रतितोला सुन १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

यस्तै, तेजाबी सुन आज प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 
 





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार १२:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया