अपराजित सेमिफाइनल पुग्ने योजनामा नेपाल, आज साउदी अरेबियासँग भिड्दै
फाइल तस्बिर

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । नेपाल र साउदीबीचको खेल बुधबार बिहान ११ः४५ देखि सुरु हुनेछ । 

एक खेलअगावै समूह ‘ए’ विजेता बनेको नेपाल चौथो खेलमा पनि सहज जितको खोजीमा छ । नेपालले पहिलोमा मलेसियालाई ५ विकेट, दोस्रोमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हकङकङलाई ८ विकेटले हराएको थियो । नेपाल साउदीविरुद्ध कीर्तिमानी जित निकाल्ने योजनामा छ । 

हालसम्म यी दुई टिमले एकअर्काविरुद्ध टी–२० आई म्याच खेलेका छैनन् । बुधबार नेपाल पहिलो भेटमै साउदी अरेबियाविरुद्ध ऐतिहासिक जित निकाल्न चाहन्छ । साउदी नेपाललाई जिल्ल पार्दै सेमिफाइनलको यात्रा गर्ने दाउमा छ । 

ऊ अहिले २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । साउदी सेमिफाइनलमा पुग्न नेपालसँगको खेल जित्नैपर्ने दबाबमा छ । आफ्नो दोस्रो खेलमा हङकङलाई ५५ रनले हराउँदै इतिहास रचेको साउदी टिममा आत्मविश्वास बढेको छ । 

यद्यपि उसले तेस्रो खेलमा कतारसँग १५ रनको पराजय बेहोर्‍यो। आइसिसी वरीयताको कुरा गर्दा हाल साउदी ३१औँ र नेपाल १७औँ स्थानमा छ ।

साउदी अरेबियाविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले बुधबार सन्दीप जोरा र सोमपाल कामीलाई विश्राम दिएर अनिल साह र प्रतिश जिसीलाई मौका दिने सम्भावना रहेको हो । उनीहरूले अघिल्लो तीन खेलमा प्लेइङ–११ मा मौका पाएका थिएनन् । 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार ६:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया