logo-img

बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ४–१ ले हराउँदै पिएसजी समग्रमा ६–४ को नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको हो ।  

पहिलो लेगमा ३–२ ले विजयी भएको बार्सिलोना दोस्रो लेगमा ४–१ ले पराजित भयो । बार्सिलोनाको मैदानमा घरेलु टोलीले राफिनाको गोलमा अग्रता लिएको थियो । लामिन यमालको पासमा राफिनाले गोल गरेपछि बार्सिलोना सहज अवस्थामा देखिएको थियो । तर, २९ औं मिनेटमा रोनाल्ड आराउहो रातो कार्ड पाउँदै मैदान छाडेपछि त्यसको असर बार्सिलोनाले खेल अवधिभर नै भोगेको थियो ।  

१० खेलाडीमा सीमित भएको बार्सिलोनामाथि क्रमशः हाबी हुँदै पिएसजीले ४० औं मिनेटमा बराबरी गोल गरेको थियो । ओस्मन डेम्बेलेले ब्राड्ले बारकोलाको पासमा गोल गर्दै पिएसजीलाई पहिलो हाफमै खेलमा फर्काए ।

५४ औं मिनेटमा असरफ हकिमीको पासमा भिटिन्हाले गोल गरेपछि पिएसजीले २–१ को अग्रता लिँदा पहिलो लेगको नतिजाका कारण समग्रमा ४–४ को अस्वस्थ पुगेको थियो । त्यसपछि केलियन एम्बाप्पेले ६१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल ३–१ ले अघि बढाएका थिए । 

उनै एम्बाप्पेले ८९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पिएसजीले दोस्रो लेगमा ४–१ को सानदार जित दर्ता गरेको हो । अब सेमिफाइनलमा पिएसजीले बोरुसिया डर्टमन्डसँग खेल्नेछ । 

बोरुसिया डर्टमन्डले एट्लेटिको मड्रिडलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया