ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले चौथो जित निकालेको छ । आज भएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको हो ।
वर्षाका कारण पिच प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।
नेपालका लागि गुल्शन झाले सर्वाधिक अविजित ३२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरको खेलमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो । साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालका लागि करण केसी र अविनाश बोहोराले २–२ र ललित राजबंशी र प्रतिश जिसीले १–१ विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।