एसिसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र युएई भिड्दै, यस्तो छ हेड टु हेड

ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई)सँग भिड्ने भएको छ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच आइतबार फाइनल खेल खेलिने छ । 

नेपालका लागि युएई पुरानो प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसिसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाईनै सात विकेटले हराउँदै उपाधि चुमेको थियो ।

त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो । प्रिमियर कपको त्यो संस्करण एक दिवसीय ढाँचामा खेलाइएको थियो ।

नेपाल र युएईबीच हालसम्म नौ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएका छन् । घरेलु मैदानमा नेपालले तीन र युएईले एक खेल जितेका छन् । 

प्रतिद्वन्द्वीको घरेलु मैदानमा नेपालले दुई र युएईले एक खेल जितेका छन् । ‘न्यूट्रल भेन्यू’ मा भने युएईले दुई खेल जितेको छ ।  





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार ६:४७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया