logo-img

फाइनलमा पुग्न नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनल नेपालले यूएईसामु जितका लागि १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो । 

खराब सुरुवात गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल गुमाएको थियो । नेपालका लागि सन्दिप जोराले अर्धशतकीय पारी खेले । त्यस्तै, गुलशन झाले २०, कप्तान रोहितकुमार पौडेलले पाँच, करण केसीले १७ रन बनाए । 

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो । 
 





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया