logo-img

लुम्बिनीमा दुई मन्त्रालय नपाएपछि जसपाले फिर्ता बोलायो मन्त्री, अहिरले दिए राजीनामा

पूर्वसहमति अनुसार मन्त्रालय नपाएको भन्दै लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको छ । जसपाले दुई मन्त्रालय मागेको भएपनि एक मात्रै मन्त्रालय पाएको भन्दै आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको हो ।

पार्टीको निर्णयपछि जसपाबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार राजीनामा दिएका हुन् । 

चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित अहिर मन्त्री बनेका थिए ।  





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १३:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया