नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।
सोमबार तोलामा १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि १ लाख ३५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन सोमबार तोलामा १ लाख ३७ हजार ५ सयमा कारोबार भएकोमा आज १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ निर्धारण गरिएको महाशाखाले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य आज प्रतितोला ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ६ सय ६० रुपैयाँ निर्धारण गरिएको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।