logo-img

कृषि क्षेत्रमा सरकारले के अपनाउँदै छ नयाँ मोडल ?

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले, कृषि क्षेत्रमा नयाँ मोडलबाट काम गर्न आवश्यक रहेको बताएकी छन् । 

बुधबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘सबै प्रकारका कृषकहरूलाई कृषि मिटर जडान गरी सहुलियत विद्युत महसुल सुविधा उपलब्ध गराउने सम्बन्धी समितिको मिति २०८० असोज २४ को निर्णय कार्यान्वयन’का विषयमा भएको छलफलमा उनले, कृषिमा पुरानै तरिकाको कर्मकाण्डीलाई छोडेर अर्थतन्त्र, राज्य र जनता पनि मजबुत हुने गरी नयाँ मोडलबाट काम गर्न आवश्यक रहेको बताएकी हुन् । 

उनले भनिन्, ‘कृषिमा हामी पुरानै कर्मकाण्डी जस्तो पनि होइन । हामीले पुरानै यथास्थितिमा भन्दा पनि एउटा नयाँ मोडलमा हामीले काम गर्नुपर्छ । ताकि एउटा अर्थतन्त्र पनि मजबुत होस् , राज्य पनि मजबुत होस् र आम जनतामा एउटा खुसीयाली होस् भन्ने खालको कार्यक्रम हामीले लानुपर्छ । अनुगमनको खाँचो छ । अनुगमन नगरी अब सुख छैन ।’

उनले सरकारले चैते धानलाई पनि बढवा दिने काममा जुटिरहेको पनि जानकारी दिइन् । नेपाललाई चामलमा आत्मनिर्भर बनाउनको लागि चैते धानलाई बढवा दिने काममा यस वर्षदेखि नै लागि परेको उनले बताइन् । 

उनले भनिन्,‘चैते धानलाई पनि बढवा दिने काम गरिरहेका छौँ । हामी चैते धानमा आत्मनिर्भर हुने गरी र चामलमा कम्तीमा नेपाल आत्मनिर्भर भयो भन्ने खालको सन्देश दिनको लागि हामी यस वर्ष देखि नै केही न केही सुरु गराउँदै छौँ ।’

कृषि मन्त्रालय अगाडि बढ्यो भने मात्र देश अगाडि बढ्ने उनको भनाइ छ ।   





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया