logo-img

पिएसजी लिग वानको उपाधि नजिक, एम्बाप्पेको सानदार प्रदर्शन

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधि नजिक रहेको छ । बुधबार भएको खेलमा लोरियन्टलाई ४–१ ले हराउँदै पिएसजी फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको हो ।

पिएसजीको जितमा केलियन एम्बाप्प र औसमाने डेम्बेले दुई–दुई गोल गरे । डेम्बेलेले १९ र ६० तथा एम्बाप्पेले २२ र ९०औं मिनेटमा गोल गरेका थिए ।  

यो जितपछि पिएसजीले ३० खेलबाट ६९ अंक जोडेको छ । यस्तै, दोस्रो स्थानको मोनाकोको ५८ अंक छ । पराजित लोरियन्ट २६ अंकसहित रेलिगेसन जोनमा छ ।

शनिबार हुने खेलमा ली हाभ्रेलाई हराए पिएसजी १२औँपटक लिग वानको उपाधि जित्नेछ । 





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया