logo-img

पूर्वमन्त्री आलमसहित चारजनालाई जन्मकैद

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाइ मोहमद महताभ आलमसहित चारजनालाई जन्मकैदको फैसला भएको छ । 

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाईसँगै शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको हो । मुद्दामा प्रतिवादीमध्येका मुक्ति साहले सफाइ पाएका छन् ।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको साबिक राजपुर फरहदवा–४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो । 

उक्त विस्फोटमा परी स्थानीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए । विस्फोटको घटना र त्यसपछिका प्रमाण नष्ट गर्न सिंह र मियाँलाई इँटाभट्टामा जलाएर मारेको अभियोग नेता आलम, उनका भाइ महताब आलम र शेख सराजसहित ११ जनामाथि थियो । 

कांग्रेस नेता आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए भने सोही वर्ष कात्तिक १८ गते उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो । 

पक्राउ परेको डेढ सातापछि जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनी हाल नख्खु कारागारमा छन् ।
 





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया