logo-img

स्पेन र क्रोएसिया पठाइदिने भन्दै साढे ५८ लाख ठगी

वैदेशिक रोजगारीमा स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

स्पेन पठाइदिने प्रलोभन दिनेले आठजनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्नेले २ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्पेन पठाइदिन्छु भनेर पैसा लिइ ठगी गरेको आरोपमा पक्राउ पर्नेमा बुढानीलकण्ठ–६ हात्तीगौंडा बस्ने दमक–५ का ३८ वर्षीय विजय भण्डारी छन् । उजुरी आएपछि उनलाई राजधानीको बबरमहलबाट पक्राउ गरिएको हो । 

यस्तै क्रोएसिया पठाइदिने भन्दै तीन जनालाई ठगेको आरोपमा पक्राउ पर्नेमा चाबहिल बस्ने धनकुटाको साँगुरीगढी–५ का ५२ वर्षीय कुलबहादुर लिम्बू छन् ।

दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले बिहीबार जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार २१:६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया