logo-img

पाल्पामा अन्तर व्यवस्थापिका भेला आज

संघ र प्रदेशका व्यवस्थापिकाका प्रमुखहरूसहितको अन्तर व्यवस्थापिका अन्तरसंवाद आज पाल्पाको तानसेनमा हुँदै छ । 

लुम्बिनी प्रदेशसभा सचिवालयले गरेको दुई दिने भेलामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सात वटै प्रदेशका सभामुखहरू, उपसभामुखहरू र सचिवहरू सहभागी हुँदै छन् । 

प्रतिनिधिसभाका सभामुख घिमिरेसहित सबै प्रदेशबाट सभामुखहरूसहितको टोली पाल्पा पुगिसकेका छन् । भेलामा संघीयता कार्यान्वयन गर्दै एक अर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने तयारी रहेको लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । 

भेलामा संसदीय बजेट महाशाखासम्बन्धी अवधारणा र उत्तरविद्यायिकी परीक्षण कार्यविधिमाथि छलफल हुनेछ भने अन्तर व्यवस्थापिका मञ्च गठन गर्दै भेला सम्पन्न हुनेछ ।





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १०:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया