logo-img

वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपालले पायो २ सय ५ रनको लक्ष्य

वेस्ट इन्डिजको ‘ए’ सँगको टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि २ सय ५ रनको लक्ष्य पाएको छ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनायो । 

वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेजले सर्वाधिक रनको ७४ रनको पारि खेले । ४५ बलको सामना गरेका चेजले नौ चौका र दुई छक्कासहित ७४ रन बनाए । 

ओपनर एलिक अथानाजेले २५ बलमा पाँच चौका र तीन छक्कासहित ४७ रन बनाउँदा केसी कार्टीले ३८ रन, कडिम एलेयनेले १४ र एन्ड्रे फ्लेचेरले १३ रन जोडे । 

नेपालका कमलसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए । वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज नेपाली टिममा अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीले मौका पाएका छन् ।

आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीस्वरूप नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच सिरिज भइरहेको हो । पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज भइरहेको छ भने सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार १४:१५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया