logo-img

वेस्ट इन्डिज ए माथि नेपालको शानदार जित

नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ । यो जितपछि नेपाल ५ खेलको सिरिजमा १–० ले अगाडि भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । 

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । 

त्यस्तै, किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक–एक विकेट लिएका थिए ।



अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौँ खेल मे ४ मा हुनेछ । 



  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार १६:२६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया