logo-img

बझाङ १ मा ५० प्रतिशत मत खस्यो

बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं – १ मा २९ हजार ७३८ मत खसेको छ । शनिबार बिहान ७ देखि बेलुकी ५ बजेसम्म ४८.१६ मत खसेको हो । 

अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । सम्पूर्ण केन्द्रको विवरण प्राप्त भएपछि यो संख्या ५० प्रतिशत हाराहारी पुग्न सक्ने जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीले बताएका छन् ।

केही ठाउँमा टेलिफोन सम्पर्क हुन नसकेकोले सम्पूर्ण विवरण आउन केही समय लाग्ने उनले बताए । अहिले मतदान अधिकृतहरु मतपेटीकाको सुरक्षित ढुवानीमा व्यस्त भएको उनले बताए । 





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार १८:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया