logo-img

आर्मीलाई हराउँदै चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि
फाइल तस्बिर

सातौं अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले हात पारेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–५ गोलअन्तरले हराउँदै चर्च ब्जाइजले उपाधि जितेको हो ।

निर्धारित समयमा एक–एक गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुटआइटमा चर्च ब्वाइजले २–४ गोल गर्दै जित हासिल गरेको हो । 

विजेता चर्च ब्वाइजले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता त्रिभुवन आर्मीले नगद रु तीन लाखसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीनकुमार सुवालले जानकारी दिए । 

भोजपुर रङ्गशालामा सम्पन्न भएकोे प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टिमको सहभागिता थियो । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा वैशाख ९ गतेबाट प्रतियोगिता सुरु भएको थियो ।





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया