logo-img

कांग्रेसलाई कमजोर बनाउने क्रियाकलापमा कोही नलागौँ : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा‍. प्रकाशशरण महतले पार्टीलाई कमजोर बनाउने क्रियाकलापमा नलाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

शनिबार नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ प्रदेश ‘क’ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले गुटउपगुटले पार्टीलाई कमजोर बनाएकाले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

पार्टी नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्दै गुटउपगुट बनाउँदा कसैलाई फाइदा नहुने भन्दै महतले विगतमा यस्तै क्रियाकलाप नुवाकोटसहित देशभर पार्टी कमजोर अवस्थामा पुगेको धारणा राखे । 

उनले कांग्रेस सरकारमा रहँदा गरेका राम्रा कामबारे प्रचारप्रसार गर्नुसमेत अपिल गरे । ‘नागरिकको राजनीतिक तथा सामाजिक स्वतन्त्रता, शासकीय व्यवस्था र शान्ति स्थापनामा कांग्रेसले पु¥याएको योगदानबाट नै देश विकास र समृद्धितर्फ अगाडि बढेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेस एक्लैले ५० प्रतिशत मत ल्याउने गरी पार्टीलाई बलियो बनाउन लागौँ’, महतले भने । 

पार्टी कमजोर भएकै कारण गत आमनिर्वाचनमा गठबन्धन गर्न बाध्य बनाएकाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने कि गठबन्धन गर्ने भन्ने विषय नेता कार्यकर्ताको भूमिकामा भरपर्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया