logo-img

कम्बोडियामा सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले कम्बोडियाको पश्चिममा रहेको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० जना कम्बोडियाली सैनिकको मृत्यु भएको बताएका छन् । 

प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत् जारी गरेका एक शोक सन्देशमा सैनिकको विस्फोटमा परी मृत्यु भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शनिबार दिउँसो कम्पोङ स्पेउ प्रान्तको सैनिक शिविरमा भएको विस्फोटमा कैयौँ सैनिक घाइते भएका छन् ।’ 

‘गोलाबारुद विष्फोटको घटनाको खबरले म स्तब्ध भएको छु,’ हुन मानेटले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भनेका छन् । प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा आफूले रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमान्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताएका छन् । 

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा भत्किएको एक तले भवन धुवाँमा डुबेको देखिन्छ भने नजिकैको गाउँका एक बासिन्दाले पनि झ्याल फुटेको तस्बिर अनलाइनमा शेयर गरेका छन् ।

अन्य तस्बिरमा अस्पतालमा उपचार गराइरहेका सर्वसाधारणको अवस्था पनि देखिएको छ । दशकौँ लामो गृहयुद्धपछि गोलाबारुदले भरिएको कम्बोडियामा युद्धसामग्री दुर्घटना असामान्य होइन, यहाँ सुरक्षा मापदण्डको ढिलासुस्तीका कारण दुर्घटना हुने गरेका छन् । 

कम्बोडियाको सेनाले उक्त घटना ‘गोदाममा भएको गोलाबारुद विस्फोट’ बाट भएको बताएको छ । विस्फोटपछि सार्वजनिक भएका तस्बिरमा हतियारले भरिएको एउटा ट्रक विस्फोटका कारण पूर्णरूपमा क्षति भएको देखाइएको छ । 



विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ । साथै, आसपासका २५ वटा घरमा पनि आंशिक क्षति पनि भएको छ । 



  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया