logo-img

वेस्ट इण्डिज ‘ए’ सँग दोस्रो खेल खेल्दै नेपाल, सिरिजमा २-० को अग्रता लिने मौका

नेपाल र वेस्ट इण्डिज ‘ए’ टी–२० सिरिजको दोस्रो खेल आज खेल्दै छन् । यी दुई टिमबीचको दोस्रो खेल दिउँसो १२ः१५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सिरिजमा नेपाल १–० ले अगाडि छ ।

नेपालले शनिबार पहिलो खेलमा पाहुना टिम वेस्ट इण्डिजलाई चार विकेटले हरायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतकीय इनिङ खेले । ५४ बलको सामना गरेका उनले १० चौका र ६ छक्काको मद्दतमा ११२ रनको इनिङ खेलेका हुन् ।

नेपाल आज पनि खेल जितेर सिरिजमा २–० को अग्रता लिन चाहन्छ । सिरिज जित्न नेपालले अब दुई खेल जिते पुग्छ । नेपाल पहिलोपटक घरेलु मैदानमा वेस्ट इण्डिज ‘ए’ सँग खेलिरहेको हो । यद्यपि नेपालले वेस्ट इण्डिजको सिनियर टिमसँग भने यसअघि नै खेलिसकेको छ । 

गत वर्ष जिम्बाब्वेमा आयोजित एकदिवसीय विश्वकप छनोटमा नेपाल वेस्ट इण्डिजसँग १०१ रनले पराजित भएको थियो । नेपाल यसपटक आउँदो १ जुनदेखि सुरु हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि वेस्ट इण्डिज ‘ए’ सँग सिरिज खेलिरहेको हो । 
 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार ६:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया