logo-img

इराककी टिकटक स्टारको घरमै गोली हानी हत्या

इराककी टिकटक स्टार घुफ्रन सावदी जो उम फहदको गोली हानी हत्या गरिएको छ । 

प्रहरीका अनुसार उनको गत शुक्रबार राति बग्दादस्थित घरमै गोली हानी हत्या गरिएको हो । उनको हत्याको विवरण सर्भिलेन्स क्यामरामा कैद भएको छ, जसमा एक बन्दुकधारी मोटरसाइकलमा गएर गोली हानेको देखिन्छ । सावदीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

बग्दाद प्रहरीले सो भिडियोको आधिकारिकता प्रमाणित गरेको छ । देशको आन्तरिक मामिलासम्बन्धी मन्त्रीले सो घटनाको छानबिनको लागि विशेषज्ञ टोली खटाइने जनाएका छन् । 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया