logo-img

बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

बझाङ–१ (१) मा हेलिकोप्टरबाट मतपेटिका ल्याइँदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ । 

साइपाल गाउँपालिकाको दुईवटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणनास्थल पुर्‍याउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो ।  

सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले बिहान हेलिकोप्टर पठाइएको छ । ‘साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाएका छौँ,’ उनले भने, ‘मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने तयारी छ । त्यसपछि मतगणना सुरु हुन्छ ।’

६१ हजार ७ सय ४८ जना मतदाता रहेको बझाङमा शनिबार साँझसम्म संकलित विवरणअनुसार बझाङमा कुल ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मतदान व्यवस्थित र सुरक्षित बनाउन बझाङमा १५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त पदमा गराइएको उपनिर्वाचनमा कांग्रेसबाट सिंहकै छोरा अभिषेक उम्मेदवार छन् । 



यस्तै, माओवादी केन्द्रका जनक बुढा, एमालेका दमन भण्डारी तथा एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत उम्मेदवार छन् । 
 
 



  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार ९:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया