logo-img

मेस्सी चम्किँदा मियामीको सानदार जित

कप्तान लियोनल मेस्सी चम्किँदा इन्टर मियामीले अमेरिकी मेजर लिग सकरमा सहज जित निकालेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा मियामीले न्यु इङ्ल्याण्डविरुद्ध ४–१ को जित निकालेको हो । मियामीको जितमा मेस्सीले दुई तथा बेन्जामिन क्रामास्ची र लुईस स्वारेजले एक–एक गोल गरे । 

खेलमा घरेलु टोली न्यु इङ्ल्यान्डले अग्रता लिए पनि उसले त्यसलाई जोगाउन भने सकेन । टोमस चान्कालेले पहिलो मिनेटमै गोल गर्दै न्यु इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । मेस्सीले ३२औं मिनेटमा रोबर्ट टेलरको पासमा बराबरी गोल फर्काए । 

उनले ६८औँ मिनेटमा सर्जियो बुस्क्वेटको पासमा मियामीलाई २–१ को अग्रता दिलाएका हुन् । मेस्सीकै पासमा बेन्जामिनले तेस्रो गोल गरे । ८९औं मिनेटमा उनकै पासमा स्वारेजले बक्सभित्रबाट गोल गर्दै ४–१ को सानदार जित दिलाए ।   

जितपछि मियामीले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । उसले ११ मध्ये ६ खेलमा जित, तीमा बराबर र दुई खेलमा हार बेहोरेको छ । मियामीको २१ अंक छ । 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया