logo-img

बझाङमा दिउँसो १ बजेबाट मतगणना हुने

उपनिर्वाचन भएको बझाङ प्रदेश सभा-१ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । मतपेटिका संकलनपछि उपनिर्वाचनको मतगणनाका लागि बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितासमेत तयार गरेको  । 

शनिबार भएको उपनिर्वाचनमा बझाङ-१ मा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो ।  प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।  





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १२:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया