logo-img

वेस्ट इण्डिज ‘ए’ लाई पाँचौं झड्का, सोमपाललाई पहिलो सफलता
फाइल तस्बिर

वेस्ट इण्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा नेपाललाई पाँचौं सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाएका छन् । उनले १६.१ ओभरमा किमो पउललाई ८ रनमा बोल्ड गरे । 

नेपाललाई चौथो सफलता कुशल भुर्तेलले दिलाए । उनले १२.२ ओभरमा केसी कार्टीलाई रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए । ​कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । उनले १०औँ ओभरको अन्तिम बलमा कप्तान रोस्टन चेसलाई २३ रनमा बोल्ड गरे । 

नेपाललाई दोस्रो सफलता पनि स्पिनर सागर ढकालले दिलाए । उनले २.५ ओभरमा जोनसन चाल्र्सलाई ११ रनमा बोल्ड गरे । सागरले नै नेपाललाई पहिलो सफलता दिलाए ।

उनले तेस्रो ओभरको दोस्रो बलमा वेस्ट इण्डिज ‘ए’ का उपकप्तान एलिक एथेनाजेलाई ६ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए । पहिलो खेलमा एथेनाजेले २५ बलमा ४७ रनको पारी खेलेका थिए । उनलाई आज सागरले आफ्नो पहिलो ओभरको दोस्रो बलमै पवेलियन पठाए । 

नेपालले आज टस हारेर फिल्डिङको निम्तो पाएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले आज प्लेइङ–११ मा पाँच खेलाडी परिवर्तन गरेको छ । नेपालले दोस्रो खेलमा  विवेककुमार यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अविनाश बोहरा र ललितनारायण राजवंशीलाई विश्राम दिएर लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाललाई मौका दिएको हो । सिरिजमा नेपाल १–० ले अगाडि छ । 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १३:२७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया