logo-img

दोस्रो खेलमा वेस्ट इण्डिजसँग नेपाल १० रनले पराजित

टी–२० सिरिजको दोस्रो खेलमा वेस्ट इण्डिज ‘ए’सँग नेपाल १० रनले पराजित भएको छ । वेस्ट इण्डिज‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेल ७१ रनमा अविजिति रहे पनि जित दिलाउन सकेनन् । गुलशन झाले २६ र लोकेश बमले १७ रन बाहेक अन्य ब्याटरले उल्लेख्यनीय रन बनाउन नसक्दा नेपाल पराजित हुन पुग्यो । 

वेस्ट इन्डिज ‘ए’को जितमा ओबेद म्याककोय र गुडाकेश मोती दुई/दुई विकेट लिए भने रोस्टन चेज र ओसेन थोमसले एक/एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनायो । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई/दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए । 

आजको खेलमा वेस्ट इण्डिज विजयी भएसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा पुगेको छ । यसअघि शनिबार प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । 



प्रतियोगिताको तेस्रो खेल आगामी बुधबार हुनेछ ।



  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया