logo-img

बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न

बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । 

जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले  तीन सय ८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको नौ मतप्राप्त गर्नुभएको छ भने २८ मत बदर भएका छन् ।





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १५:५९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया