logo-img

नायरको अध्यक्षमा उद्धव खड्का निर्वाचित

नेपलिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रेन्सेटिभ्स (नायर)को अध्यक्षमा उद्धवबहादुर खड्का निर्वाचित भएका छन् । ​नायरको आइतबार सम्पन्न १६औँ वार्षिक साधारणसभाले संस्थाको अध्यक्षमा खड्कासहित सात सदस्यीय कार्यसमिति चयन गरेको हो । 

नायरको उपाध्यक्षमा थरेन्द्रराज अधिकारी, महासचिवमा विराज पाण्डे (भोजराज) र कोषाध्यक्षमा सुजनकुमार काफ्ले चयन भएका छन् । यस्तै, सदस्यमा लिजा शेरचन, जयराम पौडेल, संगीता शाह चयन भएका छन् । 

नायर अष्ट्रेलियन उच्च शिक्षासम्बन्धी काम गर्ने शैक्षिक परामर्श संस्थाहरूको छाता संगठन हो । ​प्रेम पाण्डे नायरका निवर्तमान अध्यक्ष हुन् । 



नायरले अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई सहयोग पुर्याउन गुणस्तरीय शिक्षा र नैतिक अभ्यासहरू प्रवर्द्धन गर्न यसका सदस्यहरूबीचको सहकार्य र सहयोगलाई सहजीकरण गर्दै आएको छ ।

अध्यक्षमा निर्वाचित खड्का करिब दुई दशकदेखि शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रमा सक्रिय छन् । समाजसेवीसमेत रहेका खड्काले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा सक्रिय रहेर लायन्स क्लबलगायत विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध भएर काम गर्दै आएका छन् ।



उनी हब ग्रुप अफ कम्पनिजको अध्यक्ष पनि हुन् । हब ग्रुप अफ कम्पनिज अन्तर्गत हब इन्टरनेसनल एजुकेसन, ट्रेडिङ हब, ट्राभलर्स हब र हब प्राेफेसनल सर्भिसेस रहेका छन् ।



सन् २००२ फाइनान्स तथा मार्केटिङमा एमबिए (मास्टर इन बिजनेस स्टडिज) अध्ययन गरेका खड्काले अन्टरप्रेनरसिप इन ग्लोबल एजुकेसनमा विद्यावारिधि गरेका छन् । 

  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया