logo-img

आइपिएल : ज्याक्सको विष्फोटक शतकमा आरसिबीको सानदार जित

इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)मा रोयज च्यालेन्जर्स बेंग्लुरुले सानदार जित दर्ता गरेको छ । जारी प्रतियोगितामा बेंग्लुरुको तेस्रो जित हो भने गुजराताको चौथो हार भएको छ ।

आज भएको खेलमा गुजरात टाइटन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंग्लुरुले १६ ओभरमै जम्मा एक विकेट गुमाएर पूरा गरेको थियो । 

टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०० रन बनएको थियो । गुजरातका लागि साइ सुदर्शनले ८४ रनको नटआउट पारि खेल्दा मोहमद सारुखखानले ५८ रनको पारि खेले । 

सुदर्शनले ४९ बलमा चार छक्का र आठ चौका प्रहार गरेका थिए । यसैगरी सारुख खानले ३० बलमा ५८ रन बनाउँदा पाँच छक्का र तीन चौका प्रहार गरे । यसैगरी डेभिड मिलरले नटआउट २६ रन बनाउँदा कप्तान शुभमन गिलले १६ रन बनाए । बेंग्लुरुका लागि स्वपनिल सिंह, मोहमद सिराज र ग्लेन म्याक्सवेलले समान एक एक विकेट लिए ।

२०१ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको बेंग्लुरुको सुरुआत राम्रो भएको थियो । ३.५ ओभरमा टिमको स्कोर ४० रन हुँदापहिलो विकेट कप्तान फाफ डु प्लेसि १२ बलमा २४ रन बनाएर आउट भए । 

उनले तीन छक्का र एक चौका प्रहार गरेर विदा भएका थिए । उनलाई साइ किशोरले आउट गरेका थिए । त्यसपछि विराट कोहली र विल ज्याकले खेल जिताए । विल ज्याकले नटआउट शतकीय पारि खेल्दा कोहलीले नटआउट अर्धशतकीय पारि खेले । 



ज्याकले १५.२ ओभर देखि १६ ओभरसम्म २८ रन जोड्दै शतक पूरा गर्दा वेंग्लुरु विजयी भयो । ज्याकले ४१ बलमा १०० रन बनाउँदा १० छक्का र पाँच चौका प्रहार गरे । यसैगरी ओपनर विराट कोहलीले ४४ बलमा ७० रनको नटआउट पारि खेल्दा तीन छक्का र छ चौका प्रहार गरे । 



  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार २२:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया