logo-img

बझाङ मतगणना : मतान्तर घटाउँदै कांग्रेसका अभिषेक सिंह

बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) मा एमालेका दमन भण्डारीले सुरुदेखि अग्रता कायम राखेका छन्।

अहिले सिंहले मतान्तर घटाउँदै लगेका छन्। भण्डारी सिंहभन्दा ५४२ मतले अगाडि छन्। 

हालसम्मको मतगणनामा एमालेका भण्डारीले ३७८९ मत पाएका छन्। कांग्रेसका अभिषेक सिंह ३२४७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।

माओवादीका जनक बहादुर बुढाले २००७ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११३९ मत पाएका छन्।

२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए। यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार २२:३२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया