logo-img

सानदार जितपछि तेस्रोमा उक्लियो चेन्नई, हैदराबादको लगातार दोस्रो हार

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा चेन्नईले गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ७८ रनले हरायो । महत्वपूर्ण समयमा हैदराबादले भने केही लय गुमाएको छ । 

जारी सिजनमा उसको यो लगातार दोस्रो तथा समग्रमा चौथो हार हो । आफ्नो नवौँ खेलमा चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १ सय ३४ रनमै अलआउट भयो । 

उसका लागि एडन मार्कमले ३२, हेनरिक क्लासेनले २०, अब्दुल समदले १९, अभिषेश शर्मा र नितिश रेड्डीले १५/१५ तथा ट्रभिस हेडले १३ रन जोडे । चेन्नईका लागि तुषार देशपाण्डेले चार, मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले दुई/दुई तथा रवीन्द्र जडेजा र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नइले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १२ रन बनायो । उसका लागि कप्तान रुतुराज गायकवाडले ५४ बलमा १० चौका र तीन छक्कासहित सर्वाधिक ९८ रन बनाए । यस्तै, ड्यारिल मिचेलले ५२ र शिवम दुबेले ३९ रनको योगदान गरे ।

हैदराबादका लागि भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले एक/एक विकेट लिए । यो जितपछि चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट १० अंक जोडेको छ । चेन्नईसँगको फराकिलो हारपछि हैदराबाद चौथो स्थानमा खस्किएको छ । उसले पनि ९ खेलबाट १० अंक जोडेको छ । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ६:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया