logo-img

चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन

चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन भएको छ।

नायक कृष्ण मल्लले उनको उपचारको क्रममा निधन भएको आफ्नो फेसबुकमा उल्लेख गरेका छन्। उनकाे आज दिउँसो १ः३५ मा  अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएकाे हाे । 

नायक लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी प्रख्यात भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन्।

उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए। ८६ वर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। 

‘माइतीघर’ फिल्मका नायक सिपी लोहनी अस्पताल भर्ना





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया