logo-img

श्रीलंकामा जन्मदरमा कमी, मृत्युदरमा वृद्धि

श्रीलंका रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीले श्रीलंकामा सन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको बताएका छन् । 

वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए । 

उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए । सन् २०२० अघि यो संख्या एक लाख ४० हजार थियो । यो प्रवृत्तिले श्रीलंकाको जनसंख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनले बताए । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया