logo-img

इलाम–२ मा एमालेका नेम्वाङ निर्वाचित, रास्वपाका लिम्बूको जमानत जफत
फाइल तस्बिर

इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले हराउँदै नेम्वाङ​ निर्वाचित भएका हुन् ।   

आज बिहान सकिएको अन्तिम मतपरिणामअनुसार उनले २७ हजार ७७२ मत ल्याए । नेम्वाङका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत ल्याए । उनले कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ ।  

अघिल्लो निर्वाचनमा इलाम-२ बाट सुहाङका बुबा सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । तर, उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा यही १५ वैशाखमा उपनिर्वाचन भएको थियो ।  

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपननिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए । 





  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया