logo-img

बुर्किना फासोमा भएको नागरिक नरसंहारप्रति अमेरिका र बेलायतद्वारा निन्दा

अमेरिका र बेलायतले अफ्रिकी देश बुर्किना फासोमा सरकारी सेनाले गरेको नागरिक नरसंहारको निन्दा गरेका छन् । ह्युमन राइट्स वाचको प्रतिवेदनअनुसार बुर्किना फासोको याटेंगा प्रान्तको नोन्डिन र सोरो गाउँमा ५६ बालबालिकासहित कम्तीमा २२३ जनाको सेनाले हत्या गरेको उल्लेख छ । 

उक्त प्रतिवेदनप्रति चिन्ता व्यक्त गर्दै अमेरिका र बेलायतले घटनाको सत्यतथ्य जाँच गरेर घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न पनि माग गरेको छ । बुर्किनाफासोमा पछिल्लो समय चलेको द्वन्द्वका कारण झण्डै २० लाख मानिस विस्थापित भएका छन् ।

सन् २०२२ मा भएको सैनिक विद्रोहपछि देशको अवस्था नाजुक बन्दै गएको हो । बुर्किनाफासोमा अल–कायदा र आईएसआईएस आतङ्ककारी संगठन सक्रिय छन् । 

सेना र यी संगठनबीचको द्वन्द्वमा प्रायः सर्वसाधारणको ज्यान जाने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२२ मा देशको कार्यवाहक राष्ट्रपतिबाट सैन्य नेता पाउल–हेनरी सान्डाओगो दामिबालाई हटाएपछि अवस्था झन् नराम्ररी बिग्रिएको छ । 

विद्रोहीविरुद्धको लडाइमा सेनाले सर्वसाधारण मारेको आरोप लगाएको रिपोर्ट प्रसारण गरेपछि बीबीसी र भ्वाइस अफ अमेरिका रेडियो नेटवर्कजस्ता अन्तर्राष्ट्रिय मिडियामाथि प्रतिबन्धसमेत लगाइएको छ ।





  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया