logo-img

आइपिएलमा लखनउको छैटौँ जित, मुम्बईको प्लेअफ सम्भावना कठिन

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले छैटौँ जित निकालेको छ । छैटौँ जित निकाल्नेक्रममा उसले गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हरायो ।

आफ्नो दसौँ खेलमा मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनउले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि मार्कस स्टोइनिसले अर्धशतकीय पारी खेले ।

६२ बलको सामना गरेका स्टोइनिसले सात चौका र दुई छक्कासहित सर्वाधिक ६२ रन बनाए । यस्तै, कप्तान केएल राहुलले २८, दीपक हूडाले १८ र निकोलस पूरनले अविजित १४ रनको योगदान दिए । 

मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले दुई, नुवान तुषारा, मोहम्मद शामी र जेराल्ड कोएत्जीले एक/एक विकेट लिए । त्यसअघि लखनउमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो । 

उसका लागि नेहाल वढेराले ४६, टिम डेविडले अविजित ३५, इशान किशनले ३२ र सूर्यकुमार यादवले १० रन जोडे । लखनउका लागि मोहसिन खानले दुई, मार्कस स्टोइनिस, रवि विश्नोई, मयंक यादव र नवीन उल हकले एक/एक विकेट लिए । 

यो जितपछि लखनउ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले १० खेलबाट १२ अंक जोडेको छ । प्लेअफमा पुग्न उसले अब चारमध्ये दुई खेलमा जित निकाल्न आवश्यक छ ।



लखनउसँगको हारले मुम्बईको प्लेअफ सम्भावना भने कठिन बनेको छ । उसले १० खेल खेल्दा सातमा हार तथा तीन खेलमा मात्र जित निकालेको छ । अहिलेसम्म ६ अंक मात्र जोडेको मुम्बईले प्लेअफमा स्थान बनाउन बाँकी चारवटै खेलमा जित निकाले पनि त्यो पर्याप्त हुने सम्भावना न्यून छ ।



  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार ७:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया