logo-img

राशिद खानको कप्तानीमा अफगानिस्तानको विश्वकप टिम घोषणा
फाइल तस्बिर

अफगानिस्तानले अमेरिका र वेस्ट इण्डिजमा हुने टी–२० विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अफगानिस्तानले १९ वर्षीय विकेटकिपर–ब्याटर मोहम्मद इशाकलाई पनि टोलीमा समावेश गरेको छ । 

इशाकले यही वर्ष टी–२० मा डेब्यू गरेका थिए । इशाकबाहेक करिम जनात र नूर अहमदलाई पनि टोलीमा स्थान दिइएको छ । अफगानिस्तानले २० वर्षीय बायाँ हाते स्पिन अलराउन्डर नाङ्ग्याल खरोतीलाई पनि आफ्नो विश्वकप टोलीमा समावेश गरेको छ ।

उनले पनि यही वर्ष डेब्यु गरेका थिए । खरोतीले राशिद खान, मोहम्मद नाबी, मुजिब उर रहमान र नूर अहमदसँगै टोलीको स्पिन विभागलाई बलियो बनाउनेछन् । 

नवीन उल हक, फरीद अहमद र फजलहक फारुकीले फास्ट बलिङ आक्रमणको जिम्मा लिनेछन् । १५ सदस्यीय खेलाडीबाहेक सादिक अटल, हजरतुल्लाह जाजई र सलिम सैफी रिजर्भ खेलाडीमा परेका छन् ।

अफगानिस्तानले ३ जुनमा युगाण्डासँगको खेलबाट टी–२० विश्वकपमा आफ्नो अभियान सुरु गर्नेछ । त्यसपछि अफगानिस्तानले ७ जुनमा न्यूजिल्याण्डसँग खेल्नेछ । अफगानिस्तानले १३ जुनमा पपुवा न्यूगिनी र १७ जुनमा वेस्ट इण्डिजसँग खेल्ने तालिका छ ।

विश्वकपका लागि अफगानिस्तानको टिम : रहमानउल्लाह गुर्बाज (विकेटकिपर), इब्राहिम जाद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जाद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबदिन नाइब, करीम जनात, राशिद खान (कप्तान), नांग्याल खरोती, मुजीबउर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी र फरीद अहमद मलिक । 






  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया