logo-img

जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालका पाँच दललाई निम्तो

भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ।
  
भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई आमन्त्रण गरेको हो । यी दलका प्रतिनिधिलाई बिजेपी मुख्यालयमा आज उपस्थित हुन भनिएको छ ।  

भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरूलाई दिल्लीमा स्वागत बोलाएको हो । 

त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग नेपालसहित विभिन्न देशका प्रतिनिधिहरूले भेटवार्ता गर्ने जनाइएको छ । साथै, भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि प्रतिनिधिहरूले अन्तरक्रिया गर्ने कार्यक्रम छ।

कार्यक्रममा अस्ट्रेलियाको लिबरल पार्टी, भियतनामको कम्युनिस्ट पार्टी, बंगलादेशको अवामी लीग, इजरायलको लिकुड पार्टीका प्रतिनिधिहरू सामेल छन् । 





  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया