logo-img

सेन्झाउ-१७ अभियानको १८७ औँ दिनपछि बेइजिङमा अवतरण

तीन सदस्यीय ‘सेन्झाउ–१७’ चालक दल ६ महिनाको अन्तरिक्ष अध्ययन अभियानपछि बुधबार बिहान विमानबाट बेइजिङ अवतरण भएको ।  सेन्झाउ–१७ एक चिनियाँ अन्तरिक्ष उडान हो, जुन २६ अक्टोबर सन् २०२३ मा प्रक्षेपण भएको थियो । 

चाइना म्यान्ड स्पेस एजेन्सी ९सीएमएसए० का अनुसार, मङ्गलबार अन्तरिक्ष यात्री ताङ होङ्बो, ताङ शेङ्जी र जियाङ सिनलिनलाई लिएर सेन्झाउ–१७ को यान उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङस्थित अवतरण स्थलमा बेइजिङको समय अनुसार साँझ ५ः४६ मा अवतरण गरेको छ । चालक दल सबैले साँझ ६ः३७ मा यानबाट बाहिरिएका थिए । 

उडानको १८७ दिनसम्म कक्षमा बसेपछि फर्केका तीनै जना अन्तरिक्ष यात्रीको स्वास्थ्य राम्रो रहेको र सेन्झाउ–१७ मानव यात्रा सफल भएको सीएमएसएले जानकारी दिएको छ ।

चिनियाँ अन्तरिक्ष निकायले टोलीको छिट्टै स्वास्थ्य परीक्षण गरिने जनाएको छ । स्वास्थ्य परीक्षणपछि त्यसपछि टोलीका सदस्यले बेइजिङमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।  





  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया