logo-img

नेपालविरुद्ध वेस्ट इण्डिजको आक्रामक ब्याटिङ, १४ ओभरमै बनायो १४५ रन

नेपालविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा पाहुना टिम वेस्ट इण्डिज ‘ए’ ले सानदार ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले १३ ओभरमा एक विकेट गुमाएर १ सय ४५ रन बनाएको छ । 

अहिले नेपाली बलर विकेट लिन संघर्ष गरिरहेका छन् । नेपालले पहिलो विकेट रनआउटको रूपमा प्राप्त भयो । नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा अनिलकुमार साह र कमल सिंह ऐरी मिलेर दिलाए । उनीहरूले वेस्ट इण्डिजका उपकप्तान एलिक एथेनाजेलाई १७ रनमा पवेलियन फर्काए ।

नेपालले आज पनि टस हारेर फिल्डिङको निम्तो पाएको हो । आज नेपालको कप्तानी दीपेन्द्र सिंह ऐरीले गरिरहेका छन् । नियमित कप्तान रोहितकुमार पौडेलसहित नेपालले आज चार खेलाडीलाई विश्राम दिएको छ ।  

नेपालले तेस्रो खेलमा रोहितसहित कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्दलाई विश्राम दिएर विनोद भण्डारी, करण केसी, विवेककुमार यादव र कमल सिंह ऐरीलाई मौका दिएको छ । 

सिरिजमा दुवै टिमले एक/एक खेल जितेका छन् । नेपालले पहिलो खेलमा वेस्ट इण्डिज ‘ए’ लाई ४ विकेटले हराउँदै सिरिजमा अग्रता लिएको थियो । तर, दोस्रो खेलमा नेपाल १० रनले पराजित भयो । अहिले सिरिज १–१ को स्थितिमा छ ।  

नेपालको प्लेइङ–११ : अनिकुमार शाह, लोकेश बम, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी (कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, करण केसी, विवेककुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल ।  





  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार १३:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया