logo-img

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल

अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँच जनाको मृत्यु भएपछि आफूहरूको सुरक्षाका लागि भक्तजनले प्रशासनसँग आग्रह गरेका छन् ।  

सुरक्षा अधिकारीका अनुसार आक्रमणकारीको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । बन्दुकधारीले साँझको प्रार्थनाका क्रममा पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा आक्रमण गरेका थिए ।

हेरातका बासिन्दा मोहम्मद जमानले प्रार्थनास्थल सुरक्षित गर्न आह्वान गर्दै सरकारले सबै मस्जिद सुरक्षित राख्नुपर्ने विषयमा ध्यान दिनु समग्र राष्ट्रवासीको माग भएको बताएका छन् । 

यसैबीच, राज्यले सुरक्षाको जिम्मा लिनुपर्ने बताउदै आगामी दिनमा नागरिकको सुरक्षाको सुनिश्चितताका लागि आग्रह गरेको अर्का बासिन्दा असदुल्ला किमेटलाई उद्धृत गरी टोलोन्यूज जनाएको छ ।  

हेरात सहरको पश्चिममा रहेको जाबरियालको छिमेकमा बन्दुकधारीले दुई शिया पादरीसहितका बासिन्दालाई आक्रमण गरेको पाँच महिनापछि यो अर्को आक्रमण भएको हो । मंगलबार भएको उक्त आक्रमणमा दुई महिलासहित ६ जनाको मृत्यु भएको थियो । 

हेरातका बासिन्दाले आफ्नो प्रान्तमा आक्रमण गर्ने दोषीहरूको यथाशीघ्र पहिचान गरी उचित सजाय हुनुपर्ने माग गरेका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।  





  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया