logo-img

च्याम्पियन्स लिग सेमिफाइनल : डर्टमुन्डसँग हार्‍यो पिएसजी

युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग १–० ले पराजित भएको छ ।  

घरेलु मैदान सिंगल इडुना पार्कमा गएराति सम्पन्न खेलमा डर्टमन्डलाई जित दिलाउन निकोलस फुलक्रुगले गरेको गोल निर्णायक साबित भयो । उनले खेलको ३६औँ मिनेटमा गोल गरेका थिए ।  

फुलक्रुगले निको श्लोटरबेकको पासलाई पोस्टको दिशा दिए । यी दुई टिमबीचको दोस्रो लेग यही ८ मेमा पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुनेछ ।  





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया