logo-img

प्रथम महिला सचिव चन्द्रकलाको निधन

नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको आज निधन भएको छ । किरणको ९४ वर्षको उमेरमा  निधन भएको हो । 

स्वर्गीय किरणको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । किरण विसं २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन् ।

पछि उनले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रुपमा रहेर सेवा गरेकी थिइन् । 

२०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रुपमा काम गरेकी थिइन् । उनी २०४६ सालमा सेवा निवृत्त भएकी थिइन् । 

किरण शिक्षा सेवी र सामाजिक व्यक्तित्वका रुपमा समेत परिचित थिइन् । 





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार २२:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया