logo-img

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन आज
फाइल फाेटाे

नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा हुँदै छ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । 

केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरू सहभागी हुन्छन् । महासंघको विधान बमोजिम शुक्रबार र शनिबार महासंघको साधारणसभा तथा महाधिवेशन आगामी जेठ १९ गते निर्वाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक माथि छलफल हुनेछ । आमसञ्चार क्षेत्रको समसामयिक समस्या, चुनौती र सम्भावनालाई समेत महाधिवेशनमा छलफलको विषय बनाउने र निष्कर्षमा पुग्ने महासंघले जनाएको छ । 

बिहीबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले जेठ १९ गते केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन गर्ने मिति तोकेको छ । महासंघले २६ औँ महाधिवेशनदेखि नै प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दै आएको छ । महासंघको नेतृत्व चयनका लागि देशभरिबाट सबै साधारण सदस्यहरूले मतदान गर्नेछन् ।





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार ७:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया